राजनीति


हायात होटल प्रकरणः कारवाहीका लागि छलफल सुरु

हायात होटल प्रकरणः कारवाहीका लागि छलफल सुरु

नेपालखबर
असार १५, २०७६ आइतबार १५:४,

हायात होटलका सेयर संरचनामा चलखेल गरी सरकारी जग्गा र सेयर निजी साझेदारहरुले हत्याएको विषयमा कारवाही गर्न संसदीय समितिले दिएको निर्देशन कार्यान्वयनका लागि भूमी सुधार मन्त्रालयले छलफल अघि बढाएको छ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संसदीय समिति तथा मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन कार्यान्वयनका बारेमा भूमी व्यवस्था र पर्यटन मन्त्रालयका उच्च अधिकारीहरुको बैठक राखेकी हुन्। बैठकमा भूमी व्यवस्था मन्त्रालयका सचिव गोपिनाथ मैनाली, पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासहितका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।

‘संसदीय समितिको प्रतिवेदन कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ,’ भूमी सुधार मन्त्रालय स्रोतले भन्यो, ‘कुनै कानुनी जटिलता भए नभएको विषयमा महान्यायधिवक्ताको कार्यालयसँग आवश्यक परामर्श गर्ने विषयमा समेत छलफल भएको छ।’

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हायात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स सञ्चालनको क्रममा भएको अनियमितताबारे आवश्यक कारवाहीका लागि सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो। छानबिनका लागि समितिले अग्नी सापकोटाको नेतृत्वमा उपसमिति गठन गरेको थियो। जसले दुई महिनाअघि कारवाहीका लागि सरकारलाई निर्देशन दिएको थियो। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।

पर्यटन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिका निजी साझेदारहरु रामलाल श्रेष्ठ परिवार तथा राधेश्याम सराफ परिवारको संयुक्त लगानीमा होटल सञ्चालन हुँदै आएको थियो। सञ्चालन समितिमा निजी साझेदारहरु हावी रहेको होटललाई निरन्तर रुपमा घाटा देखाएर निजी साझेदारलेसेयर हत्याएका थिए। सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालन भएको होटलमा प्रारम्भमा समितिको ३९ प्रतिशत सेयर रहेको थियो। हाल शेयर घटेर ९ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .