ad ad

राजनीति


प्रदेश अधिकार सम्बन्धमा सातै मुख्यमन्त्रीले गराए शीर्षनेताको ध्यानाकर्षण

प्रदेश अधिकार सम्बन्धमा सातै मुख्यमन्त्रीले गराए शीर्षनेताको ध्यानाकर्षण

नेपालखबर
माघ २५, २०८० बिहिबार १२:५, काठमाडौँ

सातै प्रदेशका मुख्यमन्त्रीले सत्ता गठबन्धनका शीर्ष नेतालाई प्रदेशको अधिकारका विषयमा ध्यानाकर्षण गराइरहेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरु र दलका शीर्षनेताबीच छलफल जारी छ। 

छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायत छन्।

बुधबारको राष्ट्रिय समन्वय परिषदको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रदेशलाई अधिकार दिन सबै दलको प्रतिबद्धता माग्ने बताएका थिए।

आज संविधान जारी गर्दाका दललाई मुख्यमन्त्रीहरुसँगै राखेर बालुवाटारमा छलफल गराइने भनिए पनि नेकपा एमालेका अध्यक्ष केपी ओली उपस्थित छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .