ad ad

राजनीति


सीके राउत भन्छन् : जसपाको विचारधारा माओवादीकै

सीके राउत भन्छन् : जसपाको विचारधारा माओवादीकै

नेपालखबर
माघ २२, २०८० सोमबार १७:३४, काठमाडौँ

जनमत पार्टीले जनता समाजवादी पार्टी (जसपा) नेकपा माओवादी केन्द्रभन्दा फरक नभएको विश्लेषण गरेको छ।

पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष सीके राउतले पेश गरेको राजनीतिक प्रतिवेदनमा जसपा राष्ट्रिय राजनीतिमा चासो नराख्ने शक्तिका रुपमा व्याख्या गरेका छन्।

‘जसपाको विचारधारा माओवादी केन्द्रको भन्दा फरक छैन,’ राउतको प्रतिवेदनमा उल्लेख छ, ‘तर, मधेश आन्दोलनमा ५४ जना मधेशीहरुले शहादत दिएको बलिदानी र २०६३ चैत ७ गतेको गौर नरसंहारलाई आधार बनाएर शक्ति आर्जन गर्दै मधेसमा प्रभाव जमाए पनि राष्ट्रिय राजनीतिमा खासै चासो नराख्ने शक्ति हो।’

‘जसपाले गणतन्त्र, संघीयताको पक्षलिए पनि मधेस प्रदेश सरकारमा भ्रष्टाचार संस्थागत गरेको, मधेसमा जातीय दंगा गराउन खोजेको आरोप लाग्दै आएको छ,’ राउतको प्रतिवेदनको सारमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .