ad ad

कला


पोखरामा ‘दयारानी’को प्रिमियर शो

पोखरामा ‘दयारानी’को प्रिमियर शो

नेपालखबर
माघ २२, २०८० सोमबार १७:४१, काठमाडौँ

माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’को प्रिमियर शो भएको छ। आइतबार पोखराको मिडटाउन सिनेमाजमा भएको प्रिमियर शोमा नेतादेखि कलाकारहरुको उपस्थिति थियो।

प्रिमियर शोमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ र मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ पुगे। त्यसैगरि, कलाकार प्रकाश घिमिरेदेखि गायकरसंगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा निर्देशक गुरुङ, अभिनेत्री दिया पुनको पनि उपस्थिति थियो।  

मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र सिनेमा क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको बताए। उनले फिल्मको कथाको पनि तारिफ गरे।

पूर्वअर्थमन्त्री किरण गुरुङले दयारानी उत्कृष्ट फिल्म भएको बताए। 

उनले भने,‘माओत्से गुरुङ कलाकारितासँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ। निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई सिनेमा मार्फत उजागर गर्न खोजिएको रहेछ। सिनेमाको कथा उत्कृष्ट छ। सिनेमामा पात्रले निभ्याएको भूमिका तारिफ योग्य छ,’उनले भने।

निर्देशक तथा लेखक गुरुङले अभिनय गर्नुभन्दा निर्देशन गर्न गाह्रो भएको सुनाए। उनले भने,‘कलाकार भएर थुप्रै सिनेमामा अभिनय गरिएको छ। अभिनयमा त्यति अफ्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ। निर्देशन गर्दा बढी जिम्मेवारी हुन्छ।’

अभिनेत्री दिया पुनले ‘दयारानी’ ले आफ्नो कलाकर्ममा अगाडी बढ्न सहयोग गर्ने विश्वास रहेको बताइन्। सिनेमामा रानीको भूमिकामा रहेकी दियाले यो चरित्रमा अभिनय गर्न पाउँदा नौलो लागेको सुनाइन्।

सिनेमामा दीयासहित दयाहाङ राई, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ। यो फिल्म आगामी शुक्रबारबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .