राजनीति


संसद्को हिउँदे अधिवेशन चल्दासम्म कांग्रेसका सांसदले उपत्यका छाड्न नपाउने

संसद्को हिउँदे अधिवेशन चल्दासम्म कांग्रेसका सांसदले उपत्यका छाड्न नपाउने

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८० शुक्रबार १६:४४, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले हिउँदे अधिवेशन चलिरहेसम्म आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सांसदहरूलाई हिउँदे अधिवेशन नसकिएसम्म उपत्यका नछाड्न निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए।

बैठकले सबै कांग्रेसका सांसदहरूलाई निरन्तर सदन र समितिमा उपस्थिति हुनुपर्ने निर्देशनसहित निर्णय गरेको हो।

संसदको हिउँदे अधिवेशन आगामी माघ २२ गतेदेखि सुरु हुँदैछ। संसद् अधिवेशन सुरु भएसँगै फागुनबाट आगामी वर्षको बजेट र नीति तथा कार्यक्रममा पनि छलफल अघि बढ्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .