ad ad

राजनीति


नेपाली सांसदको टोलीले भेट्यो भारतीय लोकसभाका अध्यक्षलाई

नेपाली सांसदको टोलीले भेट्यो भारतीय लोकसभाका अध्यक्षलाई

नेपालखबर
माघ १७, २०८० बुधबार १९:२०, काठमाडौँ

भारत यात्रामा रहेका नेपालका ८ जना सांसदहरूको टोलीले त्यहाँस्थित लोकसभाका अध्यक्षसँग भेटवार्ता गरेका छन्। 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति ८ जना सदस्यहरूले बुधबार लोकसभाका अध्यक्ष ओम बिड्लासँग भेटवार्ता गरेका हुन्। 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा ती सांसदहरूले भारत भ्रमणका क्रममा अध्यक्ष बिड्लालाई भेटेर एकअर्काको अनुभव आदानप्रदान गरेका हुन्। 

उनीहरू भारतीय लोकसभाको विदेश मामिला समितिको निम्तोमा त्यहाँ पुगेका हुन्। अनुभव आदानप्रदानका लागि यो भ्रमण गरिएको समितिका सभापति यादवले मंगलबार नयाँ दिल्लीस्थित पत्रकारहरूसँग बताएका थिए। 

यादवले लोकसभाले गरेको निम्तो मान्न आफूहरू भारत भ्रमणमा निस्किएको बताए। उनले भारतीय लोकसभाको अभ्यास हेरेर तिनबाट आफूहरूले धेरै सिक्न सकिने बताए।

नेपाली सांसदहरूले बुधबार नै भारतीय नयाँ संसद् भवन अवलोकन गरेका छन्। त्यसपछि लोकसभा अध्यक्ष ओम बिड्लासँग भेटवार्ता  भएको हो। 

नेपाली सांसदहरूले भारतीय विदेशमन्त्री एस जयशंकर र पर्यटन मन्त्री जी किसन रेड्डीसँग पनि भेटवार्ता गर्ने तालिका तय भएको छ।

भारत यात्रामा रहेका नेपाली सांसदहरूमा टोली नेता राजकिशोर यादव, सांसदहरू छिरिङ शेर्पा, हरिप्रसाद उप्रेती, शिशिर खनाल, योगेश गौचन, सम्झना थपलिया, गंगाराम चौधरी र सुनिता बराल  छन्। 

यो टोलीमा संसदीय समितिका समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम पनि छन्।

नेपाली टोली नयाँ दिल्लीमा राजनीतिक संवाद सकेर पर्यटकीयस्थल गोवा पनि जाने भएको छ। त्यहाँपछि मुम्बई, लखनऊ र हिन्दु धर्मावलम्बीको तीर्थस्थल बनारस पनि यो टोली जाने बताइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .