ad ad

राजनीति


अमरेशलाई धनराजको जवाफ : म होइन, तपाईंको हेर्ने नजर फेरियो

संसदीय समितिमा सवालजवाफ
अमरेशलाई धनराजको जवाफ : म होइन, तपाईंको हेर्ने नजर फेरियो

नेपालखबर
माघ १४, २०८० आइतबार १५:२४, काठमाडौँ

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आइतबार कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा कानुनमन्त्री धनराज गुरुङमाथि प्रश्न उठाए।

सांसद सिंहले कानुनमन्त्री बन्नुअघि र बनेपछि गुरुङको ‘स्ट्यान्ड’ दुईथरी भएको आरोप लगाए। दण्डहिनताको विषयमा मन्त्री गुरुङले दुईथरी भनाई राखेको भन्दै पहिला बोकेका कुरा पनि सम्झनपर्ने तर्क अमरेशको थियो।

‘कानुनमन्त्रीजीमाथि पनि प्रश्न उठाउन चाहन्छु, कानुनमन्त्री बन्नुअघिको स्ट्यान्डर्ड अहिले मन्त्री बनेपछि फरक हुँदो रहेछ कि?,’ उनले प्रश्न गरे।

सामाजिक सञ्जाल फेसबुक र एक्समा मन्त्री बन्नुभन्दा अघि लेखेका विषयबारे सांसद सिंहको प्रश्न थियो।

‘उहाँले मन्त्री हुनुभन्दा पहिला फेसबुक र ट्वीट हेरौँ, उहाँले दण्डहिनताको बारेमा प्रश्न गर्नुभएको छ भनेर। मैले झलझल सम्झेँ,’ उनले भने।

उनले यो प्रश्न गर्दैगर्दा यसअघि (पुस १६) गतेको बैठकमा नआएकोले विषय नबुझिएको मन्त्री गुरुङले भन्न भ्याए। सभापति विमला राई पौड्यालले रोकिन्।

तर, मन्त्री गुरुङले यसअघिका आफ्ना सहयात्री समेत रहेका सांसद सिंहको कुरा बिर्सेनन्।

उनले बैठकको अन्तिममा जवाफ दिने क्रममा पनि सांसद सिंहको कुरा सम्झे र प्रसंग उप्काए। उनले सांसद सिंहलाई जवाफ दिँदै भनेका छन्, ‘तपाईंको हेर्ने नजरमा मात्रै फरक पर्न आएको हो। धनराज गुरुङ फरक पर्न आएको छैन।’

उनले मन्त्री पद आउने जाने भएकाले आफ्नो उद्देश्यभन्दा बाहिर रहेर सुशासनविरोधी बन्न नहुने बताए।

‘मन्त्री पद त आउँछ जान्छ नि। तर मेरो लगाव छ, जुन उद्देश्य छ, त्यो भनेको नेपाललाई सुशासन स्थापित गर्दै विपन्नलाई सम्पन्न बनाउने हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .