ad ad

राजनीति


राष्ट्रिय सभा चुनावको अघिल्लो दिन गृहमन्त्री पोखरामा

राष्ट्रिय सभा चुनावको अघिल्लो दिन गृहमन्त्री पोखरामा

नेपालखबर
माघ १०, २०८० बुधबार २१:७, पोखरा

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार पोखरा आएका छन्।

नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ भोलि हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने लक्ष्यसहित पोखरा आएका हुन्। यद्यपि,भोलि उनले जिल्ला प्रशासन कार्यालय कास्कीको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

पोखरा आएका गृहमन्त्रीसँग मेयर धनराज आचार्यले भेटघाट गरेका छन्। उनले गृहमन्त्रीसँग समसामयिक विषयका कुराकानी भएको भन्दै सामाजिक सञ्जालमा तस्वीर राखेका छन्।

सत्ता गठबन्धको तर्फबाट कांग्रेसले खुला (अन्य) तर्फ गोरखाका किरणबाबु श्रेष्ठ र अपाङ्गता/अल्पसंख्यकतर्फ तनहुँका पदमलाल परियारलाई उम्मेदवार बनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली,अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटा मैदानमा रहेकी छन्।

गण्डकीमा दुई प्रदेश सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएका छन्।

भोलि हुने राष्ट्रिय सभा निर्वाचनको लागि गण्डकीका ६० जना सांसद र ८५ पालिकाका प्रमुख र उपप्रमुखहरु पोखरा आइसकेका छन्। तीमध्ये एमालेको तर्फबाट ढोरपाटनको मेयर बनेका देवकुमार नेपाली भने फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .