ad ad

राजनीति


यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय

नेपालखबर
माघ ९, २०८० मंगलबार १७:९, काठमाडौँ

सरकारले जापानले प्रदान गर्ने करिब ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद बैठकका तीन निर्णय यस्ता छन्
१) जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट (कोटेश्वर चोक सुधार) का लागि प्रस्तावित ३४ अर्ब ३९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने।

२) राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने।

३) २०८० माघ २२ गते ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .