कारोबार


नाडा कार्यसमिति बैठक : कुन समितिको नेतृत्व कसलाई?

नाडा कार्यसमिति बैठक : कुन समितिको नेतृत्व कसलाई?

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८० मंगलबार १७:१७, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को कार्यसमिति बैठक बसेको छ। 

बैठकले विभिन्न समितिको नेतृत्व टुंग्याएको नाडाले जनाएको छ। नाडाले अधिकांश समितिमा पुरानै सदस्यलाई जिम्मेवारी सुम्पिएको छ। 

यसअनुसार नाडा अटो शोको संयोजकमा अनुप बराल, राजस्व समितिको सभापतिमा वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, सीप विकास र विद्युतीय सवारी समितिको सभापतिमा उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई चयन गरेको छ। 

चारपांग्रे भेहिकल समितिको सभापतिमा निराकार श्रेष्ठ, हेभी इक्विपमेन्ट समितिको सभापतिमा मिलनबाबु मल्ल, प्रदेश समन्वय तथा सदस्यता वितरण समितिमा प्रकाश कपुरी सभापति बनेका छन्।

त्यसैगरी दुईपांग्रे सवारी समितिमा अभिक ज्योति, वातावरण समितिमा कपिल शिवाकोटी, स्पेयर पार्ट्समा दिपेन्द्र मिश्र, वितरक तथा डिलर समन्वय समितिमा दिपकराज गिरीलाई सभापति चयन गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .