ad ad

राजनीति


अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ दिन गएका साझा पार्टीका १३ नेता पक्राउ

अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ दिन गएका साझा पार्टीका १३ नेता पक्राउ

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ६:५०,

प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरिरहेका साझा पार्टीका १३ नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानका लागि धन्यवाद दिन र केही व्यक्तिलाई उन्मुक्ति दिइएकोमा ध्यानाकर्षण गराउनका लागि ‘गुलाफको फूल’सहित पुगेका साझा पार्टीका पाँच केन्द्रीय सदस्यसहित १३ नेतालाई प्रहरीले पक्राउ गरेको हो।

‘हामीले बालुवाटार जग्गा प्रकरणका विषयमा अख्तियार गरेको अनुसन्धानका लागि प्रमुख आयुक्तलाई नै भेटेर धन्यावाद दिन र केहीले उन्मुक्ति पाएको विषयमा ध्यानाकर्षण गराउनका लागि गएका थियौँ’, पक्राउ परेका केन्द्रीय सदस्य शरदराज पाठकले नेपालखबरसँग भने, ‘उहाँहरुले भेटन चाहनुभएन। त्यसपछि हामीले झण्डै १० मिनेटजति प्रदर्शनगरेपछि प्रहरीले पक्राउ ग¥यो।’

उनले प्रमुख आयुक्तले भेट नदिएपछि निषेधित क्षेत्रभन्दा बाहिरबाट आफूहरुले प्रदर्शन गरेको र प्रदर्शनकै क्रममा प्रहरीले पक्राउ गरेको बताए।

पक्राउ पर्नेमा साझा पार्टीका केन्द्रीय सदस्यहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, नारायण कोइराला, शरदराज पाठक, अब्दुस मिया लगायतका रहेको पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए।

पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको पाठकले बताए। ‘हामीलाई पुलिस क्लबभित्रको चौरमा राखिएको छ’, उनले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा कांग्रेसका उपसभामुख विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गरेको थियो। अख्तियारले सो जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका नेताहरु माधव नेपाल, विष्णु पौडेल लगायतका नेताहरुलाई उन्मुक्ति दिन खोजेको भन्दै साँझा पार्टीले विरोध प्रदर्शन गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .