ad ad

कारोबार


बन्दीपुर 'फुड फेस्ट' सम्पन्न

बन्दीपुर 'फुड फेस्ट' सम्पन्न

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ६:२४,

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबन)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरेको 'रेबान-बन्दीपुर फेस्ट २०२०' सम्पन्न भएको छ। आरएनआर मिडियाको सहकार्यमा रेबानले पर्यटकीयस्थल बन्दीपुरमा यो महोत्सव माघ १७ र १८ गते चलेको थियो।

रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेस्ट्रेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गरेको रेबानले जानकारी गराएको छ।

पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमार्डों, पोखरा, सौराहाका रेस्टुरेन्ट व्यवसायी र बन्दीपुरका पर्यटक व्यवसायीबीच सदुभाव बढाउने उद्देश्यले बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहित खाना महोत्सव सम्पन्न भएको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।

उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा ब्रुअरी, प्रायोजकमा जाबलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .