ad ad

राजनीति


केही कम्युनिस्ट नेता आफ्नै घर डढाएर खरानीको टीका लाउँदैछन् : उपमहासचिव गुरुङ

केही कम्युनिस्ट नेता आफ्नै घर डढाएर खरानीको टीका लाउँदैछन् : उपमहासचिव गुरुङ

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८० आइतबार १७:३८, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी विभाजित हुँदा देश र जनतालाई नै हानी हुने बताएका छन्। 

एमाले शुक्लागण्डकी नगर कमिटी तनहुँले आइतबार बेलचौतारामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले हिजो नेकपा विभाजित हुँदा केपी ओली वा माधव नेपालले केही नपाएको गुरुङले बताए। 

बरु देशले राजनीतिक स्थिरता र समृद्धिको बाटो गुमाएको उनको भनाइ छ। 

‘ल एमालेले त पाएन पाएन, केपी ओलीले त पाएनन् पाएनन्, माधव नेपालले के पाए? जनताले के पाए? देशले के पायो? सधैँ यस्तो हर्कत किन गर्छन् नेपालका नेताहरू’, उनले भने।

धेरै दुःख गरेर पार्टी बनाएपछि नेताहरूको झगडाले फुटाउने कुरा दुर्भाग्यपूर्ण भएको गुरुङले बताए। कम्युनिष्ट पार्टीका नेताहरूले गँगटे लडाइँका कारण अघि बढ्न नसकेका उनको भनाइ छ। ‘कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्छ, गँगटे लडाइँ लड्ने नेतालाई सबक सिकाइदिनु पर्छ’, गुरुङले भने। 

एमालेलेका धेरै नेताहरू आफ्नो घर डढाएर खरानीको टीका लगाएर हिँडेका गुरुङले उदाहरण दिए। 

‘आफ्नै घर डढायो, खरानीको टीका लगायो हिँड्यो, अरूलाई त धोका दिए दिए आफैँलाई पनि धोका दिए, सारा श्रमजीवी जनतालाई दुःख दिए’, गुरुङले भने। 

पार्टीका नेता कार्यकर्ताहरू भुसका थैला जस्ता हुन नहुनेमा गुरुङले जोड दिए। अब जसले जता लडाइदियो, त्यता लड्नु नहुने उनको भनाइ छ। जनताले कहिल्यै पनि कम्युनिष्ट पार्टी नटुटोस् भन्ने चाहेका बताउँदै गुरुङले नेताहरूकै कारण पार्टी फुट्ने गरेको उनले बताए। 

गुरुङले आफू सधैँ कम्युनिष्ट पार्टीको एकताको पक्षमा रहेको बताए। पहिलो कुरा आफ्नो पार्टी ठुलो बनाउन लाग्नु पर्ने बताउँदै उनले आफ्नो मात्र शक्ति नपुग्दा भाइ–भाइ मिल्नु पर्ने बताए। 

गुरुङले प्रचण्ड र माधव नेपालले सानो चित्त गर्दा नेकपा विभाजित भएको पनि बनाए। 

‘माओवादीको बुद्धि पुगेन, माधव नेपालको बुद्धि पुगेन, सानो रहेछ दिमाग, नेता ठूलो भएर के गर्नु दिमाग त यत्रो रहेछ’, उनले भने। 

माधव नेपालले एमालेले विचार वा सिद्धान्त छाडेका कारण नभई केपी ओलीसँग रिस उठेकाले मात्रै पार्टी छाडेको गुरुङले बताए। 

माधव नेपालले जहिले पनि केपी ओलीले दुःख दिए, त्यसैले पार्टी छाडे भन्ने गरेको बताउँदै उनले व्यक्ति विशेषसँग रिस उठ्दैमा पार्टी छाड्ने नेताको विचार र आदर्श कस्तो होला भन्दै प्रश्न गरे।

गुरुङले कम्युनिष्ट पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो आत्मसमीक्षा आफैँले गर्नुपर्ने बताए। आफूले कहाँ राम्रो गरेँ, कहाँ नराम्रो भयो भनेर समीक्षा गर्नुपर्नेमा गुरुङले जोड दिए। 

कार्यक्रममा एकीकृत समाजवादी पार्टी त्यागेर नेताहरू एमालेका समाहित भए। समाजवादी तनहुँको जिल्ला सचिवालय सदस्य एवम् शुक्लागण्डकी नगर कमिटी सचिव दीपक थापाको नेतृत्वमा ८७ जना एमालेमा प्रवेश गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .