राजनीति


केपी ओलीप्रति माधव नेपालको आक्रोश : हाम्रो पार्टी सिध्याउन खोजे, गठबन्धन ध्वस्त बनाउन चाहे

केपी ओलीप्रति माधव नेपालको आक्रोश : हाम्रो पार्टी सिध्याउन खोजे, गठबन्धन ध्वस्त बनाउन चाहे

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८० शुक्रबार १३:४४, काठमाडौँ


नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनको उपयोग गरेर नेकपा एमालेले आफ्नो पार्टीलाई सिध्याउन खोजेको आरोप लगाएका छन्।

काठमाडौंमा शुक्रबार पार्टीनिकट भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन खोजेको बताएका हुन्।

त्यसक्रममा उनले ओलीमाथि ओक्रोश पनि पोखे। ‘हामी देखिरहेका छौँ। हामी विगतमा रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजेका छन्,’ उनले भने, ‘हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन्। तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्छ?’

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेले पनि सत्ता गठबन्धनसँग मिलेर जाने कोशिस गरेको उनले बताए। तर एकीकृत समाजवादीको अडानले एमालेको त्यो प्रयास सफल नभएको पनि नेपालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .