ad ad

राजनीति


भारतले २० करोडसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौताप्रति खनालको गम्भीर आपत्ति

भारतले २० करोडसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौताप्रति खनालको गम्भीर आपत्ति

नेपालखबर
पुस २०, २०८० शुक्रबार ९:१२, काठमाडौँ

भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौताप्रति नेकपा (एकीकृत समाजवाद)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आपत्ति जनाएका छन्। 

शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादी पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका खनालले यो सम्झौता राष्ट्रहित विरोधी भएको दाबी गरेका छन्। 

बिहीबार नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नेपालका २० करोड रुपैयाँसम्मका परियोजनामा भारतले सिधै अनुदान दिनसक्ने सहमति भएको थियो। 

‘एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो,’ खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


भारतले नेपालका विकास आयोजनामा सिधै लगानी गर्न पाउने रकमको सीमा यसअघि ५ करोड थियो। त्यसलाई चार गुणा बढाएर २० करोड पुर्याएकोमा खनाले आपत्ति जनाएका छन्।  

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .