ad ad

राजनीति


राष्ट्रियसभाको सिट बाँडफाँट गर्न चार दल छलफलमा

राष्ट्रियसभाको सिट बाँडफाँट गर्न चार दल छलफलमा

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८० बुधबार १७:१७, काठमाडौँ

आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका चार दलबीच छलफल भइरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूबीच एक घण्टादेखि छलफल जारी छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेता सिट बाँटफाँटमै केन्द्रित रहेर कुराकानी गरिरहेका छन्। 

यसअघि आइतबार, सोमबार र मंगलबार कांग्रेस र माओवादी केन्द्रबीच सिट बाँडफाटबारे कुराकानी भएको थियो।

राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई भागबन्डा दिनेबारे गठबन्धन दलहरूमा कुरा भइरहेको एक नेताले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .