ad ad

गण्डकी


राष्ट्रियसभा उम्मेदवारका लागि एमाले गण्डकीबाट ९ जनाको नाम सिफारिस

राष्ट्रियसभा उम्मेदवारका लागि एमाले गण्डकीबाट ९ जनाको नाम सिफारिस

नेपालखबर
पुस १८, २०८० बुधबार १७:२३, पोखरा

एमाले गण्डकीले राष्ट्रियसभा निर्वाचनको लागि ९ जना आकांक्षीको नाम केन्द्रीय कमिटीमा पठाएको छ।

अंकगणितीय रुपले चुनाव जित्ने सम्भावना क्षीण भएको अवस्थामा पठाइएका नामहरु पनि ‘पार्टीभित्र लो प्रोफाइल’कै रहेका छन्। सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले भने ३ सिटका लागि १७० जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीका अनुसार खुला अर्थात अन्यतर्फ बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा र स्याङ्जाका चक्रबहादुर पराजुलीलाई सिफारिस गरिएको छ।

अपाङ्ग÷अल्पसंख्यकमा कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मिना बरामलाई सिफारिस गरिएको छ भने महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ, स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम चुनिएको छ।

आउँदो माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ भने सो निर्वाचनले गण्डकी प्रदेशबाट ३ जना सांसद चयन गर्दैछ। गण्डकीबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सिना (अन्य), सदस्य प्रकाश पन्थ (अपाङ्गता/अल्पसंख्यक) र दीपा गुरूङ (महिला)को ६ वर्षे कार्यकाल आउँदो २० फागुनमा सकिँदैछ।

तीमध्ये तिमिल्सिना र दीपा एमालेबाट विजयी सांसद हुन् भने अल्पसंख्यकबाट विजेता बनेका प्रकाश पन्थ भाग्यले राष्ट्रियसभा पुगेका हुन्। उनी एमालेका उम्मेदवारको उम्मेदवारी नै खारेजीमा परेपछि स्वतः राष्ट्रियसभा पुगेका थिए।

निर्वाचनको तयारीको लागि गण्डकी प्रदेशको राजधानी पोखरामा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ।

निर्वाचनमा गण्डकी प्रदेशसभाका ६० जना सांसदसहित यहाँका पालिका प्रमुखहरु र उपप्रमुखले मतदान गर्नेछन्। गण्डकीमा एउटा महानगर, २६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका छन्। यसरी हेर्दा ८५ पालिकाबाट १७० जना मतदाता रहने छन्।

तीमध्ये एमालेको तर्फबाट विजेता बनेका बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली सहकारी ठगी काण्डपछि फरार छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .