ad ad

राजनीति


सिके राउतको प्रश्न : आफ्नै सरकारले मन्त्री पक्राउ गर्न मिल्छ?

सिके राउतको प्रश्न : आफ्नै सरकारले मन्त्री पक्राउ गर्न मिल्छ?

नेपालखबर
पुस १६, २०८० सोमबार १६:३०, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन्।

सोमवार माईतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूहरुले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताए। उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला? भन्दै प्रश्नसमेत गरे। उ

नले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रश्तावका रुपमा लैजाने बताए। उनले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए।

उनले भने, ‘यो देशमा कस्तो रंगभेद र विभेद छ भने मधेसी पार्टी त हो नि भनेर समातियो। अर्को कुनै मन्त्री समातेर देखाओस्। संयमता लिएको हो, उहाँहरुको दम्भ देखाएअनुसार देशभर आगो बल्थ्यो। आफ्नै सरकारले आफ्नै मन्त्री कतै पक्राउ गर्छ?’

राउतले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ? भन्दै प्रश्न गरे। मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौति दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .