ad ad

राजनीति


संसदको कानुन न्याय तथा मानवअधिकार समितिले बोलायो गृहमन्त्री

संसदको कानुन न्याय तथा मानवअधिकार समितिले बोलायो गृहमन्त्री

नेपालखबर
पुस १५, २०८० आइतबार २१:२४, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ।

शुक्रबार बालकुमारीमा दुई जना ईपीएस विद्यार्थीको ज्यान जाने गरी भएको घटनाबारे छलफल गर्न संसदीय समितिले गृहमन्त्रीलाई डाकेको हो।

छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख समेत उपस्थिती हुने संसदीय समतिको सचिवालयले जनाएको छ।

कोरियन भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै शुक्रबार बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुई युवकको ज्यान गएको थियो। सुरक्षामा लापरवाही गरेको भन्दै सरकारले जिम्मेवार प्रहरी अधिकारीहरुलाई निलम्बन गरी छानबिन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .