ad ad

राजनीति


बालकुमारीमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

बालकुमारीमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

शुक्रबार ज्यान गुमाएका अछामका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र दैलेखका २३ वर्षीय सुजन रावत।


नेपालखबर
पुस १४, २०८० शनिबार १६:२, काठमाडौँ

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो भएको घटनामा परी ज्यान गुमाएका दुई युवाको परिवारलाई १०–१० लाख राहत घोषणा गरेको छ। 

शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको सहभागी एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। ‘मृतक युवाको परिवारलाई प्रति परिवार १०–१० लाख दिने निर्णय भएको छ,’ ती मन्त्रीले भने।

त्यस्तै, सातदोबाटोका डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ। 

त्यस्तै, ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय पनि भएको ती मन्त्रीले जानकारी दिए। 

उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय पनि भएको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। 

सरकारले परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ। 

बालकुमारीमा भएको प्रहरीसँगको झडपमा परी अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .