ad ad

राजनीति


सम्पादकहरुसँग प्रधानमन्त्रीले भने : एमसीसी यही अधिवेशनबाट पारित हुन्छ

सम्पादकहरुसँग प्रधानमन्त्रीले भने : एमसीसी यही अधिवेशनबाट पारित हुन्छ

नेपालखबर
माघ २१, २०७६ मंगलबार १३:४,

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदको यही हिउँदे अधिवेशनबाटै परित हुने दावी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो केही सम्पादकहरुसँग कुरा गर्दै एमसीसी पारित हुने कुरामा आशंका नगर्न आग्रह गरेका छन्।

उनले पार्टीभित्र केही नेताहरुमा बुझाइको कमी देखिएका कारण विरोधजस्तो देखिए पनि त्यसको छिट्टै हल हुने बताए। ‘एमसीसी संसदको यही अधिवेशनबाट पारित हुन्छ, छिट्टै हुन्छ’, प्रधानमन्त्री ओलीले भने।

बुधबारदेखि आइतबारसम्म राष्ट्रिय गृहमा बसेको नेकापाको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा पनि धेरैजसो केन्द्रीय सदस्यहरुले एमसीसीबारे प्रश्न उठाएका थिए। त्यसपछि नेकपाले एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खलाको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको एक अध्ययन समिति बनाएको थियो।

‘पार्टीभित्र केही साथीहरुमा कन्फ्युज देखिएका कारण अध्ययन समिति बनाएका छौँ’, उनले भने, ‘अध्ययन समितिले साथीहरुमा रहेको कन्फ्युज स्पष्ट पारेपछि यो पारित हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .