ad ad

राजनीति


छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछुः प्रधानमन्त्री ओली

छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछुः प्रधानमन्त्री ओली

नेपालखबर
माघ २१, २०७६ मंगलबार १३:९,

प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिएका छन्।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले एउटा मिर्गौलामा सामान्य समस्या आएको भन्दै प्रत्यारोपण गर्ने बताएका हुन्।

‘एउटा मिर्गौलामा सामान्य समस्या आएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘समस्या देखिएको मिर्गौला किन राख्ने? त्यसैले छिट्टै परिवर्तन (प्रत्यारोपण) गर्दैछु।’

उनले मिर्गौला प्रत्यारोपण पछि सरकारलाई थप गति दिने पनि बताए। 'सरकारकाे कार्यकाल अझ तीन वर्ष बाँकी छ। अब थप सक्रिय र सशक्त रुपमा काम गर्नका समस्या भएकाे किड्नी पनि फेर्न लागेकाे हाे,' उनले भने।

१२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गरेका ओलीको केही महिनायता समस्या देखिन थालेपछि नियमित डायलासिस गराइरहेका छन्। कतिपयले ओलीलाई मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएपनि यसअघि उनले त्यसबारे औपचारिकरुपमा केही बताएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .