ad ad

समाज


विश्व स्वास्थ्य संगठन भन्छः नोबेल कोरोना भाइरस अहिलेसम्म महामारी होइन

विश्व स्वास्थ्य संगठन भन्छः नोबेल कोरोना भाइरस अहिलेसम्म महामारी होइन

नेपालखबर
माघ २१, २०७६ मंगलबार १३:४,

चीनसहित अन्य २७ मुलुकमा यस भाइरस फैलिसक्दा विश्व स्वास्थ्य संगठनले यस नोबल कोरोना भाइरस अहिलेसम्म महामारी नभएको बताएको छ।

हालसम्म यस नयाँ कोरोना भाइरस महामारीको दर्जामा नपुगेको विश्व स्वास्थ्य संठनका प्रमुख सिल्भी ब्रियान्डले मंगलबार बताएका हुन्।

डब्लूएचओले महामारीको व्याख्या गर्दै भनेको छ,‘महामारी नयाँ रोग विश्वभर फैलनुलाई बुझिन्छ।’

नोबल कोरोना भाइरस सन् २००३ को सार्सजस्तै भएको बताइएको छ। निमोनिया, रुघाखोकी, स्वास प्रस्वासमा समस्या कोरोनाका संकेत हुन्।

मंगलबारको तथ्यांक अनुसार चीनमा कोरोनाका कारण ४ सय २३ को मृत्यु हुँदा फिलिपिन्स र हङकङमा एक–एक जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन्। चीनबाहिर २६ देशमा फैलिएको कोरोनबाट १८५ जना संक्रमित भएको बताइएको छ।

Image result for who office"

कुन देशमा कति संक्रमित?

१। चीनः ४२३ मृत्यु, २० हजार ४३८ संक्रमित
२। अस्ट्रेलियाः १२ संक्रमित
३। कम्बोडियाः १ संक्रमित
४। क्यानडाः ४ संक्रमित
५। फिनल्यान्डः १ संक्रमित
६। फ्रान्सः ६ संक्रमित
७। जर्मनीः ११ संक्रमित
८। हङकङः १५ संक्रमित , १ को मृत्यु
९। भारतः ३ संक्रमित
१०। इटालीः २ संक्रमित
११। जापान २० संक्रमित
१२। मकाउः १० संक्रमित
१३। मलेसियाः ८ संक्रमित
१४। नेपालः १ संक्रमित
१५। फिलिपिन्सः २ संक्रमित एकको मृत्यु
१६। रुसः २ संक्रमित
१७। सिंगापुरः १८ संक्रमित
१८। दक्षिण कोरियाः १५ संक्रमित
१९। स्पेनः १ संक्रमित
२०। श्रीलंकाः १ संक्रमित
२१। स्वीडेनः १ संक्रमित
२२। ताइवानः १० संक्रमित
२३। थाइल्यान्डः १९ संक्रमित
२४। यूएइः ५ संक्रमित
२५। वेलायतः २ संक्रमित
२६। अमेरिकाः ११ संक्रमित
२७। भियतनामः ८ संक्रमित

यो पनि।

कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?

कोरोनाबारे जानकारी दिने डाक्टरलाई पहिले 'हल्लाबाज' भनियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .