सत्तारुढ नेपाली कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म गर्ने भनिएको महासमिति बैठक सारेको छ।
महासमिति फागुन ७ देखि १० सम्म गर्ने गरी धकेलेपछी कांग्रेसले पुस १६ देखि एक महिने अभियान चलाउने भएको छ।
शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले पुस १६ देखि माघ १६ गतेसम्म केन्द्रीय नेताहरू परिचालन गरेर अभियान चलाउने भएको हो।
कांग्रेस मुख्यसचि कृष्णप्रसाद पौडेलका अनुसार पुस १६ देखि माघ १६ गतेसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान संचालन गर्ने निर्णय बैकले गरेको हो।
उक्त अभियानका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय भएको उनले बताए।
36
Shares
प्रतिक्रिया