नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक सरेको छ।
मंगलबार (मंसिर २६) दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार दिउँसोसम्मका लागि सरेको कोइराला पक्षीय नेता गुुरु घिमिरेले नेपालखबरलाई जानकारी दिए।
‘बैठक सरेको जानकारी आएको छ,’ घिमिरेले नेपालखबरसँग भने, ‘कारणबारे हामीलाई प्राप्त सन्देशमा केही उल्लेख छैन।’
पार्टीको पुस दोस्रो साताका लागि तय भएको महासमिति बैठक र समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।
बैठक बत्तिसपुतलीस्थितत अनुपम फुडन्यान्डमा बस्ने तय भएको छ।
99
Shares
प्रतिक्रिया