ad ad

राजनीति


विपिन रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह

विपिन रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह

नेपालखबर
मंसिर २५, २०८० सोमबार १६:१४, काठमाडौँ

गाजा क्षेत्रबाट हमासको नियन्त्रणमा पुगेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसमक्ष नेपालले औपचारिक आग्रह गरेको छ।

कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको शिष्टाचार भेटमा यो आग्रह गरेका हुन्।

कतारको दोहामा भएको भेटमा दुईपक्षबीच व्यापार र लगानीका विषयमा, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै विपिन जोशीको रिहाइका विषयमा विशेष छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

जवाफमा कतारका प्रधानमन्त्रीले विपिनको रिहाइका लागि सबै प्रयास भइरहेको जानकारी दिएका छन्।

विपिन गत असोज २० गतेदेखि हमास समूहको कब्जामा छन्।

हमासकै आक्रमणमा परी इजरायलमा १० नेपालीको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .