प्रधानमन्त्री पुष्पकमल दाहालले १६ औं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा गहन छलफल गरी भावी योजना तय गर्ने बताएका छन्।
बुधवार ललितपुरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उ
नले अध्ययन तथा अनुसन्धानको क्षेत्रमा देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरुको खाका तयार गर्न आवश्यक रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले विज्ञान तथा प्रविधि क्षमता विकासमा तिब्रता आउँदै गएको महशुस भइरहेको बताए।
उनले बाध्यताको नाममा विज्ञान र प्रविधिबाट पछि हट्नु नहुने बताए।
प्रधानमन्त्री दाहालले भने ‘हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तिब्रता आउँदै गएको मैले महशुस गरेको छु। भलै नेपाल सरकारले तपाईहरुले अपेक्षा गरेअनुसारको श्रोत प्रदान गर्न सकेको भने छैन। त्यो कुराको हेक्का छ। सरकारका बाध्यता हुन्छन् तर ति बाध्यताको नाममा विज्ञान र प्रविधिको योगदानबाट पछि हट्नु हुँदैन।’
उनले प्रतिष्ठानलाई आवश्यक जनशक्ति, साधन श्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुने प्रतिवद्धता जनाए।
प्रधानमन्त्री दाहालले अहिलेको अवस्था भनेको सहकार्य र समभावको भएको भन्दै एक्लै गन्तव्यमा पुग्न कठिन हुने बताए।
Shares
प्रतिक्रिया