राजनीति


रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८० बुधबार १३:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दै छ।

रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलका अनुसार पार्टीको सचिवालयको बैठक आज साँझ ५ बजे पार्टी कार्यालय चःमति वनस्थलीमा बस्ने भएको हो।

‘साँझ ५ बजे सचिवालयको बैठक र त्यसभन्दा अघि नवमनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ’, उनले भनिन्।

सहप्रवक्ता रावलका अनुसार थपिएका केन्द्रीय सदस्यले आज दिउँसो शपथ खाने कार्यक्रम छ।

महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय समितिमा २६ सदस्य थपेको छ।

आजको बैठकमा पार्टीका विभिन्न विभागका कार्यविधि अनुमोदन गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .