बैतडीको झुलाघाटबाट सुरू भएको नेकपा एमालेको मध्यपहाडी यात्रा रुकुम पूर्वको भूमे गाउँपालिकामा पुगेको छ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुगेको टोलीलाई भूमे गाउँपालिका-१ लुकुम गाउँमा स्वागत गरिएको छ। अब यो टोली त्यहाँबाट गण्डकी प्रदेशमा छिर्ने छ।
लुकुम गाउँमा ओलीसहितको टोलीलाई स्थानीय मगर जातिसहितले आफ्नो सांस्कृतिक पोशाकमा सजिएर नाचगान गर्दै स्वागत गरे।
त्यसक्रममा ओलीले स्थानीय महिलाले बनाउने भेडाको उनबाट धागो पनि बनाए। एमालेको टोली भूमे छिचोल्दै अब गण्डकी प्रदेशतिर लाग्नेछ।
60
Shares
प्रतिक्रिया