राजनीति


ललिता निवासबारे सरकारले उत्खनन् गर्‍यो, सबैले मेलोडी गाउन पाए: मन्त्री ढकाल

ललिता निवासबारे सरकारले उत्खनन् गर्‍यो, सबैले मेलोडी गाउन पाए: मन्त्री ढकाल

नेपालखबर
माघ १९, २०७६ आइतबार ११:३७,

स्वास्थ्य तथा जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले भ्रष्टाचारीहरुको दिनगन्ती सुरु भएको बताएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथि उठेका विषयमा जवाफ दिँदै मन्त्री ढकालले भ्रष्टाचारबाट प्रतिगमन आउने खतराबाट नेपाल मुक्त बनेको दाबी गरे।

बैठकमा बोल्दै सांसद जितेन्द्रनारायण देवले ‘हाम्रै कुशासनबाट प्रतिगमन हुने र त्यो भ्रष्टाचारको घोडा चढेर आउने’ बताएका थिए।

मन्त्री ढकालले सांसदहरुको प्रश्नको जवाफ दिँदै भने, ‘भ्रष्टाचारबाट प्रतिगमन आउने खतराबाट अब नेपाल मुक्त भएको छ र अब भ्रष्टाचारीहरुका दिनगन्ती सुरु भएका छन् र सरकार भ्रष्टाचारीलाई दण्डित गर्ने प्रक्रिया अघि बढाउँछ।’

उनले अख्तियारको ऐनलाई संविधान अनुकुल बनाई काम गर्न सहज होस् भन्ने दृष्टिले सरकारले संसोधन ल्याएको भन्दै उनले अधिकारकै पदाधिकारीले अनियमितता गरेको पाईए उनीहरु कानुनी दायरामा आउने विश्वास दिलाए।

ललिता निवास प्रकरण सरकारले नै उत्खनन् गरेकाले त्यस प्रकरणलाई लिएर सरकारको बचाउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे। उनले भने, ‘ललिता निवास प्रकरण यही सरकारको पालामा उत्खनन् भएर बाहिर आएपछि सबैले यसलाई मेलोडी भाषामा गीत गाउन पाएका छन्। यसमा कुनै सरकारलाई बचाउनु पर्ने संरक्षण गर्नुपर्ने छैन।

अनुचित कार्यको सम्बन्धमा अख्तियारका पदाधिकारीले जथाभावी प्रयोग गर्ने गरेको पाईएकाले धेरै छलफल पछि संविधानबाट नै हटाईएको स्पष्ट पारे। संविधानको विपरित भएको विधेयक संसदबाट पास नहुने भन्दै उहाँले संविधानसंग बाझिएको भए छलफल गरी संविधान अनुकुल बनाउन प्रयत्न गरिने प्रतिवद्धता जनाए।

प्रदेशलाई ऐन बनाएर सो ऐन अनुसारको निर्णय गर्न सक्ने प्रावधान राखिएको विधेयकमा राखिएको पनि उनले स्पष्ट पारे। सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक पद धारण गरेको ३ महिना भित्र सम्पत्ति विवरण बुझाउर्नुे व्यवस्था यथावत रहेको तर सो विवरण सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषय भने बहसमै रहेको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad