ad ad

राजनीति


धर्म चलाए गणतन्त्र र संघीयता चल्छ, त्यसपछि सबै बिग्रन्छ : प्रधानमन्त्री

धर्म चलाए गणतन्त्र र संघीयता चल्छ, त्यसपछि सबै बिग्रन्छ : प्रधानमन्त्री

सम्पादकहरुसँग प्रधानमन्त्री प्रचण्ड (तस्बिर : प्रधानमन्त्रीको सचिवालय)


नेपालखबर
मंसिर १८, २०८० सोमबार १७:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धर्म निरपेक्षताका विषयमा संविधानमा लेखिएको विषयमा नचलाइलिने बताएका छन्। 

सोमबार सिंहदरबारमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले ‘हिन्दूराष्ट्र’ बनाउनुपर्छ भन्ने विदेशीहरूलाई हाम्रो देशको बारेमा चिन्ता नलिन समेत आग्रह गरेको बताए। 

‘धेरै छलफल गरेर सनातनदेखि चलिआएको धर्म संस्कृति संरक्षण गर्ने र निरपेक्ष रहने कुरा लेख्यौँ,’ प्रधानमन्त्री प्रचण्डले भने।

साथै, उनले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि एकमतले धर्म र संविधानको विषयमा केही नचलाउने निर्णय गरेको बताए। ‘कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि एकमतले संविधान र धर्मको बारेमा नचलाउने निर्णय गरिसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले धर्म चलाउँदा गणतन्त्र चल्ने र गणतन्त्र चलाउँदा संघीयता चल्ने भन्दै त्यसपछिको अवस्था बिग्रने पनि बताए। 

‘धर्म चलाए गणतन्त्र चल्छ। गणतन्त्र चलाए संघीयता चल्छ,’ प्रचण्डले भने, ‘त्यसपछि सबै बिग्रन्छ।’

प्रधानमन्त्री प्रचण्डले जनतामा पुग्न ढिला भएको र भ्याकुम सिर्जना भएके बताए। 

‘परिवर्तनका वाहक जनतामा जान ढिलो भयो र भ्याकुम सिर्जना भयो,’ उनले भने, ‘संयुक्त जनपरिचालन भए संविधान र परिवर्तन जोगिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .