ad ad

राजनीति


सत्ता गठबन्धन यताउता हुँदैन : प्रधानमन्त्री

सत्ता गठबन्धन यताउता हुँदैन : प्रधानमन्त्री

नेपालखबर
मंसिर १८, २०८० सोमबार १५:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन अहिले यताउता नहुने दाबी गरेका छन्।

सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सम्पादकहरूसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

अहिलेको गठबन्धनबारे सम्पादकहरूले राखेको जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘हल्ला भइरहन्छन्, अहिलेको गठबन्धन यताउता हुँदैन।’

साथै यनले केही असन्तुष्टि भए मिलाउने पनि बताए। ‘केही असन्तुष्टि भए मिलाइन्छ’, उनले भने।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पाँच दिने दुबई भ्रमण र कोप२८ सम्मेलनबारे पनि बिफिङ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .