ad ad

राजनीति


वीरेन्द्रनगरमा आज एमालेको जनसभा

वीरेन्द्रनगरमा आज एमालेको जनसभा

नेपालखबर
मंसिर १८, २०८० सोमबार ६:५२, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) सुर्खेतको वीरेन्द्रनगरमा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन्। 

एमालेले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत दिउँसो १ बजे सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभा गर्न लागिएको हो। 

जनसभालाई सम्बोधनपछि अध्यक्ष ओली काँक्रेविहार क्षेत्रको अवलोकन र थारु समुदायले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। 

एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार अध्यक्ष ओलीले बेलुका ५ बजे सिद्धार्थ होटलमा उद्योगी, व्यापारी र बुद्धिजीवीसँग भेटघाट गर्ने कार्यतालिका छ। 

सोही होटलमा बेलुका साढे ६ बजे पार्टी कार्यकर्ता र वीरेन्द्रनगरको कार्यपालिकाको टोलीसँग भेट गर्ने कार्यक्रम तय भएको तिमिल्सेनाले जानकारी दिए। 

वीरेन्द्रनगरमा हुने जनसभालगायतका सबै कार्यक्रमको तयारी पूरा भएको एमाले सुर्खेतले जनाएको छ। 

अध्यक्ष ओली सोमवार वीरेन्द्रनगरमै बस्नेछन् भने मंगलवार पूर्वी सुर्खेतका विभिन्न स्थानमा आयोजना गरिएका भेला र भेटघाट कार्यक्रममा सहभागि हुँदै जाजरकोटतर्फ प्रस्थान गर्ने कार्यतालिका छ।

 ‘सम्बन्ध स्थानीयः सन्देश राष्ट्रिय’ भन्ने मूलनाराका साथ मध्यपहाडी लोकमार्ग केन्द्रित यो अभियानमा पार्टीका सबै पदाधिकारीसहित डेढ सय बढी केन्द्रीयस्तरका नेताहरु सहभागि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .