ad ad

कला


दार्जिलिङकी गायिका नवनीतको ‘ढिकी कुटी’ सार्वजनिक (भिडियो)

दार्जिलिङकी गायिका नवनीतको ‘ढिकी कुटी’ सार्वजनिक (भिडियो)

नेपालखबर
माघ १९, २०७६ आइतबार ९:४,

दार्जिलिङमा रहेर लोक गीत संगीतका माध्यमबाट लोक गायिकाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल गायिका नवनीत आदित्य वाइबाले नयाँ म्युजिक भिडियो ‘ढिकी कुटी’ सार्वजनिक गरेकी छिन्।

महिलाहरुका पिडा, वेदना र चुनौतीका बिषयमा गीत गाउन रुचाउने नवनीतका गीतहरुमा नेपाली समाजको झझल्को पाइन्छ। ‘ढिकी कुटी’ एउटी युवती अथवा महिलाले आफ्नो जीवनकालमा देख्ने भोग्ने विभिन्न ऋतुहरुको बयान हो। सुरुवातमा उसँग रुप र यौवन हुन्छ। उसको रुप र यौवनको लोभले उसलाई पाउन चाहनेहरुको प्रेममा उ भुल्न पुग्छे। अन्ततः जब उ एक्ली हुन्छे उसले जीवनमा निराशा र अन्धकार महसुश गर्न पुग्छे। धरान, नागाल्याण्ड र पश्चिम दार्जिलिङ पहाड जहाँ गायिका नवनीतको घर छ त्यहि म्युजिक भिडियोको छायांकन भएको हो।

यस गीतमा स्वर नवीनत आदित्य वाइबाको रहेको छ भने शब्द गायिका वाइबाकै रहेको छ। गीतमा संगीत गायिका वाइबा र सत्य आदित्य वाइबाको रहेको छ। गीतको संगीत संयोजन रुबिन कुमार श्रेष्ठले गरेका हुन। स्वयम् गायिका वाइबा फ़िचर्ड म्युजिक भिडियोलाई नेलसन तामाङले छायांकन र सम्पादन गरेका हुन्। नवनीतका भाइ सत्य आदित्य वाइबाको निर्देशन र निर्माणमा भिडियो तयार भएको हो।

गायिका नवनीत आदित्य वाइबा , स्वर्गीय बरिस्ठ लोक गायिका हिरा देवी वाइबाकी सुपुत्री हुन्। एयरलाइन्सको जागिर पश्चात हाल उनि आफ्नी आमाकै पेशामा फर्किएकी छिन्। आमाकै पुराना गीतहरुलाई उनी र उनका भाइ मिलेर पुनः प्रकाशनमा ल्याएर यसघि सन् २०१७ मा ‘आमालाई श्रदान्जली’ नामक एल्वम समेत प्रकाशनमा ल्याईसकिएको छ।

‘ढिकी कुटी’ केही अनुभवी, साथीभाई र शुभचिन्तकहरुको संयुक्त प्रयास बाट जन्मिएको कोशेली हो। यस गीतलाई माया गरिदिन गायिका वाइबाले सम्पूर्ण नेपाली दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन्।भिडियो स्वयम् गायिका वाइबाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .