ad ad

राजनीति


दुबई प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

दुबई प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०८० बुधबार ८:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

बुधबार बिहान नौ बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ। 

मंगलबार बस्नुपर्ने नियमित बैठक आज बस्न लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरलाई जानकारी दिए। 

आज प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन्। 

प्रधानमन्त्री दुबई प्रस्थान गर्नुअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बुधबार राति साढे नौ बजे नेपाल एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री प्रचण्ड दुबई जाने कार्यक्रम छ। 

सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .