ad ad

समाज


सिन्धुपाल्चोकका शैक्षिक अभियन्ता नारायण गुरुङको निधन

सिन्धुपाल्चोकका शैक्षिक अभियन्ता नारायण गुरुङको निधन

नेपालखबर
मंसिर १३, २०८० बुधबार ९:७, काठमाडौँ

शैक्षिक, सामाजिक र राजनीतिक जागरणका अभियन्ता सिन्धुपाल्चोकका नारायणबहादुर गुरुङको ९० वर्षको उमेरमा निधन भएको छ।

सिन्धुपाल्चोकको बुङाथलीमा वि.सं.१९९० साल भदौ १५ गते जन्मिएका गुरुङको पाँच दिनअघि काठमाडौँको सिफलस्थित आफ्नै निवासमा निधन भएको हो। 

उनी तमु गुरुङ समाज  सिन्धुपाल्चोकको संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य पनि भएका थिए। 

सिन्धुपाल्चोकमा तमु गुरुङ परिवारबाट पहिलो एसएलसी गरेका व्यक्तिका रूपमा चिनिने उनले जिल्लाको शिक्षा,स्वास्थ्य, खानेपानी, सडक तथा कृषि आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

ग्रामीण विकास र प्रवर्द्धनको निमित्त सधैं अग्रसर हुने गुरुङ बाह्रबीसेको अरनिको कलेज, लामोसाँघुस्थित सुनकोशी कलेज र बुङाथलीस्थित गोल्मा आधारभूत विद्यालयका संस्थापक जग्गादाता हुन्।

शिक्षाको ज्योति फैलाउने क्रममा उनले ओखलढुंगाको रुम्जाटारमा समेत विद्यालय स्थापना गरेका थिए। 

कृषि आधुनिकीकरणमार्फत् किसानहरूको उत्थान र आत्मसम्मानका लागि पनि उनले विभिन्न अभियानको अगुवाइ गरेका थिए। 

उनलाई किसान आन्दोलन तथा कम्युनिस्ट आन्दोलनको योद्धाका रुपमा पनि सम्झिने गरिएको छ। उनलाई पञ्चायतविरोधी गतिविधि गरेको आरोपमा २०१८ देखि २०२८ सालसम्म सिन्धुपाल्चोक बारबिसेमा नजरबन्दसमेत गरिएको थियो।

स्वर्गीय गुरुङको मंसिर ११ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। १६ गते शनिबारका दिन घ्यावापूजा गर्ने कार्यक्रम रहेको उनका नाति ईश्वर घलेले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .