ad ad

राजनीति


प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरीः कर्मचारीको छात्रवृत्ति छोरीलाई दिलाएको आरोप

प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरीः कर्मचारीको छात्रवृत्ति छोरीलाई दिलाएको आरोप

नेपालखबर
मंसिर १०, २०८० आइतबार १३:४२, काठमाडौँ

क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको छ।

उनले त्यस्तो छात्रवृत्तिमा छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएर पदीय दुरुपयोग गरेको उजुरीमा उल्लेख छ। त्यस्तै मासिक ६ लाख रूपैयाँ पाउने गरी छात्रवृत्तिमा पठाइएकी छोरीलाई दूतावासको सरकारी आवासगृहमा राखेर राज्यकोषमा भार पारेको दाबीसमेत उजुरीकर्ताले गरेका छन्।

समितिमा परेका उजुरीहरूमा खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैँ जाने र भत्ता खाने गरेको आरोपसमेत पौड्यालमाथि लगाइएको छ।

परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो ।
सरकारको निर्णयपछि संसदीय सुनुवाइ समितिले उनका बारेमा उजुरीका आव्हान गरेको थियो।  

समितिकाअनुसार, परराष्ट्र मन्त्रालयको पदबाट अवकाश हुन नपाउँदै पौड्याललाई राजदूत नियुक्तिको मापदण्ड र प्रक्रियाविपरीत लापरवाहीपूर्ण ढंगले राजदूत सिफारिस गरिएको भन्दै सो निर्णय फिर्ता लिनुपर्ने माग पनि उजुरीमा गरिएको छ। पौड्याल मंसिर २० गते सेवाबाट अवकाश पाउँदै छन्।

उनको संसदीय सुनुवाइ आजै हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .