राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराए।
सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
54
Shares

प्रतिक्रिया