ad ad

राजनीति


भारतले भूकम्प पीडितलाई पठायो चौथो चरणको राहत सामग्री

भारतले भूकम्प पीडितलाई पठायो चौथो चरणको राहत सामग्री

नेपालखबर
मंसिर ५, २०८० मंगलबार २१:२६, काठमाडौँ

दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि चौथो चरणको राहत सामग्री पठाएको छ। 

अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री सरकारलाई हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ। 

नेपाल चिकित्सक संघको माग अनुरुप भारतले  राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ। 

‘यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन्। जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘छिमेकी पहिलो नीति’ अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासले बताएको छ। 

‘नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ,’ दूतावासले भनेको छ। 

यसअघि भारतले जाजरकोट भूकम्प पीडितका लागि तीन चरणमा राहत सामग्री पठाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .