नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गर्ने प्रदर्शनको स्थान परिवर्तन भएको छ।
माइतीघरमण्डलामा कार्यक्रम गर्न प्रशासनले निषेध गरेपछि युवासंघले कार्यक्रमस्थल परिवर्तन गरेको हो।
युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम सरकारको निषेधाज्ञाका कारण अब सोही समयमा तीनकुनेमा हुने जानकारी गराएका छन्।
सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। सोही निर्णयपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो।
सोहीदिन सोही स्थानमा कार्यक्रम गर्ने घोषणा गरेका दुर्गा प्रसाईंको भने कार्यक्रमस्थल टुंगो लागिसकेको छैन।
मंसिर ४, २०८०, साेमबार
1.1k
Shares
प्रतिक्रिया