नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सामाजिक सञ्जाल टिकटक बन्द गरेकोप्रति सरकारसमक्ष रोष प्रकट गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए।
उनले सामाजिक सञ्जालको प्रतिवन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताउँदै सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताएका हुन्। उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए।
‘अहिले बजारमा हल्ला छ, २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आइहाल्छ। होइन। हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, २०४७ साल ल्याउनुपर्छ, हल्ला चलेको छ। मान्छेहरू कामेका पनि छन्। फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरंकुश व्यवस्थाको चरित्र हो नि त,’ उनले भने, ‘हिजो पेपर बन्द गरिदिन्थ्यो। पञ्चायतले सेन्सर गर्दथ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो। यसरी हुँदैन, कयौँ मानिसहरु आत्तिएको जस्तो, सत्ता पनि डग्मगाएको जस्तो। जनताको मन जितेर पो सा टिक्छ त। मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु, भनेर हुन्छ त कसैले पनि सक्दैन। जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ। आत्तिनुपर्दैन।’
महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिने दाबी गरे। देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताउँदै उनले सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभनुपर्ने पनि बताए।
— Nepalkhabar (@nepalkhabar) November 18, 2023टिकटक, फेसबुक बन्द गर्ने बुद्धिले हुन्छ? यो त निरंकुश व्यवस्थाको चरित्र हो : विप्लव pic.twitter.com/csTREbErAf
Shares

प्रतिक्रिया