ad ad

राजनीति


कोमल वलीलाई मातृशोक

कोमल वलीलाई मातृशोक

नेपालखबर
मंसिर २, २०८० शनिबार १४:६, काठमाडौँ

चर्चित गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृशोक परेको छ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको कोमल वलीको सचिवालयले जानकारी दिएको छ। 

उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकले घोषणा गरेका हुन्।

हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समय अगाडिदेखि बिरामी ओली केही सातायता अल्का अस्पतालमा उपचाररत थिइन्।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो।

दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकर्डिङ स्टुडिओमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन्।

दीपा ललित ट्रस्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन्। उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन्।

उनका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .