ad ad

राजनीति


सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालखबर
कात्तिक २६, २०८० आइतबार १७:५१, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन्।

आइतबार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरूका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको स्पष्ट पारेका हुन्। 

उनले आफूहरूले भूकम्पपछि कत्तिपनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नहरू पठाएको र पठाउने क्रम जारी रहेको बताए। 

उनले सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको बताउँदै उनले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरु पनि उपलब्ध गराइएको जानकारी दिए।

‘हामीले एक क्षण, एक सेकेण्ड ढिलो नगरीकन हामीले पठाउन सकिने सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट, खाद्यान्नहरू पठाइराखेका छौँ। राहतमा हाम्रो ध्यान गएको छ। हामीले हाम्रो साधन, स्रोतले सामानहरुको हकमा हामीले व्यवस्था गरेका छौँ तर पुर्‍याउने साधन त चाहियो। स्काइ भ्यान प्रयोग गरेपनि सुर्खेतसम्म जान्छ। सबै ठाउँमा जाँदैन। सुर्खेतबाट क्यारी गर्नैपर्‍यो। सरकारले जतिसुकै तदारुकता देखाएपनि एकैचोटी पहिलो दिन सबै ठाउँमा त्रिपाल, सबै ठाउँमा म्याट्रेस, सबै ठाउँमा ब्याङ्केट पुर्‍याउन सक्ने स्थितिमा हुँदैनौँ। तर सरकारले कति पनि उपेक्षा गरेको छैन। हामीसँग भएको साधन, स्रोतको आधारमा सम्पूर्ण ध्यान त्रिपाल, म्याट्रेस, ब्ल्याङ्क्वेट र खाद्यान्न पुर्‍याउने र डाक्टरहरुको आवश्यकता अनुसार उपलब्ध गराउने स्वास्थ्य उपकरण, औषधि उपलब्ध गराउने काम गरेका छौँ। यो कुरा विश्वसनीय ढंगले म सबैलाई जानकारी गराउन चाहन्छु,’ उनले भने।

उनले अस्थायी आवास बनाउनका लागि ढिलो गर्नु नहुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .