ad ad

राजनीति


भारतमा सरकारविरुद्ध प्रदर्शन गरिरहेकामाथि गोली चलाए एक व्यक्तिले

भारतमा सरकारविरुद्ध प्रदर्शन गरिरहेकामाथि गोली चलाए एक व्यक्तिले

नेपालखबर
माघ १६, २०७६ बिहिबार १०:५८,

प्रहरीकै अगाडि ती व्यक्तिले प्रदर्शनकारीमाथि गोल चलाएको अल्जाजिराले जनाएको छ।

दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालय नजिक प्रदर्शनकारीमाथि गोली चलाइएको हो।

गोली लागेर एक व्यक्ति घाइते भएको जनाइएको छ। विद्यार्थी सदाब घाइते भएको र उनको इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।

एक प्रत्यक्षदर्शी नाजिम क्याजीका अनुसार बन्दुकधारीले ‘दिल्ली प्रहरी जिन्दावाद’ भन्दै चलाएका थिए।

प्रदर्शनकारीमाथि गोली हान्ने ती व्यक्तिलाई यतिबेला प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतको संसदले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि भारतमा विवाद मच्चिएको हो।

छिमेकी देश बाङ्ग्लादेश र अन्यदेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै यतिबेला स्थानीयले बिरोध जनाइरहेका छन्। अर्कातिर भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको भन्दै भारतका मुसलमानहरु आन्दोलित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .