राजनीति


कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजीनामा

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजीनामा

मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउँदै रामबहादुर राना


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १०:५०, काठमाडौँ

नेकपा (एमाले) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट पहिलो चरणमै मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान पदबाट राजीनामा दिएका छन्। 

राना असोज २७ गते नै विनाविभागीय मन्त्री बनेका थिए। 

शुक्रबार साँझ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री थप भएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको हो। शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई भेटेर मन्त्री रानाले राजीनामा बुझाए। 

मुख्यमन्त्री कार्कीले आफ्नो सहमतिबिना केन्द्रीय गठबन्धन ब्यूँत्याएको र त्यो आफ्ना लागि मान्य नभएकाले सरकारबाट बाहिरिएको कोशीका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए। 

कोशीमा कांग्रेसले माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेपछि असन्तुष्ट कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। 

तर केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुले पनि कार्कीलाई विश्वासको मत दिएपछि पूरानै गठबन्धन कायम भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad