ad ad

राजनीति


गृहमन्त्री श्रेष्ठ अपरेसनपछि ‘बोल्न सक्ने भए’, केही दिन चीनमै रहने

गृहमन्त्री श्रेष्ठ अपरेसनपछि ‘बोल्न सक्ने भए’, केही दिन चीनमै रहने

फाइल तस्बिर : गृहमन्त्री नारायणकाजी श्रेष्ठ।


नेपालखबर
कात्तिक २, २०८० बिहिबार १४:४६, काठमाडौँ

चीन भ्रमणका क्रममा हृदयाघात (हर्टअट्याक) भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था खतरामुक्त रहेको सरकारले जनाएको छ।

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा गृहमन्त्री श्रेष्ठ हाल बोल्नसक्ने अवस्थामा आएको जानकारी दिएकी हुन्। 

चीन भ्रमणका क्रममा हाल बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई गएराति अचानक हृदयाघात भएको हो।

राति नै उनलाई त्यहाँस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको र शल्यक्रिया (अपरेसन) गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।  

‘बेइजिङस्थित अस्पतालमा अपरेसन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ’, उनले भनिन्, ‘केही दिन उहाँ उतै रहनु हुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ।’

बीआरआई सम्मेलनमा भाग लिन तीन दिनअघि चीन पुगेका गृहमन्त्री श्रेष्ठ  शुक्रबार नेपाल फर्किने कार्यक्रम थियो। तर बिरामी भएका कारण अब उनी केही दिन उतै बस्ने सरकारको भनाइ छ। 

यो भिडिओ पनि सुन्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .