ad ad

राजनीति


एनआरएनएको नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान जारी (तस्बिर)

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान जारी (तस्बिर)

सरोज नेपाल
कात्तिक २, २०८० बिहिबार ११:३३, काठमाडौँ

गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान सुरु भएको छ।

अनलाइन भोटिङ मध्यराति १२ बजे नै सुरु भए पनि काठमाडौँमा उपस्थित प्रतिनिधिले बिहीबार बिहान १० बजेदेखि मतदान गर्न थालेका हुन्।

उनीहरुले राति ८ बजेसम्म सोल्टी होटलमा पुगेर मतदान गर्नुपर्ने छ। फेसियल भेरिफिकेसनका आधारमा मतदान गर्नेले राति १२ बजेसम्म मतदान गर्ने छन्। 

एनआरएनएको जारी ११औं अधिवेशनका लागि कूल ४ हजार २२७ प्रतिनिधि छन्। जसमध्ये काठमाडौँमा ६ वटै क्षेत्रका ८२६ प्रतिनिधि भेला भएका छन्।

जसमा अफ्रिकाबाट ११, अमेरिकाबाट १२१, एसिया प्यासेफिकबाट १९१, युरोपबाट २२९, मध्यपूर्वबाट २०२ र ओसियानाबाट ७२ जना छन्। 

गैरआवासीय नेपाली संघ ८७ देशमा विस्तार भएकामा ५९ देशले नयाँ कार्यसमिति चुनिसकेका छन्।

आगामी नेतृत्वका लागि  ४ जना अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्। निर्वाचन समितिका अनुसार डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापा अध्यक्षका लागि चुनाव लड्दै छन्। 

हेर्नुहोस् तस्बिरमा काठमाडौँमा जारी मतदान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .