खेल


हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक २, २०८० बिहिबार ११:३३, काठमाडौँ

त्रिदेशीय सिरिजमा नेपालले हङकङविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ। 

टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङका सुरुवाती चार विकेट लिएको छ। नेपालका लागि करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट लिए। 

नेपाललाई पहिलो बलमै करण केसीले सफलता दिलाएका थिए। करणले ओपनर निजकात खानलाई पहिलो बलमै आउट गरे। तेस्रो ओभरको तेस्रो बलमा करणले नै अन्श्या रथलाई पेबेलियनको बाटो देखाउँदै दोस्रो विकेट लिए। 

त्यसपछि पनि लगातार ओभरमा नेपालले सफलता हात पार्यो। तेस्रो ओभरको अन्तिम बलमा सोमपालले मार्टिन कोएन्जीलाई बोल्ड गरे। पाँचौं ओभरको तेस्रो बलमा करणले व्यक्तिगत तेस्रो विकेट लिँदा नेपालले चौथो सफलता हात पारेको हो। 

छैठौं ओभरको खेल चलिरहँदा हङकङले ४ विकेटको क्षतिमा २० रन बनाएर खेलिरहेको छ। यसअघि बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .