ad ad

राजनीति


सिमराका पूर्व मेयरको मृत्यु प्रकरण : प्रेस चौतारीका सदस्यलाई कारबाही गर्न माओवादीको माग

सिमराका पूर्व मेयरको मृत्यु प्रकरण : प्रेस चौतारीका सदस्यलाई कारबाही गर्न माओवादीको माग

पूर्वमेयर कृष्ण पौडेल


नेपालखबर
असोज २९, २०८० सोमबार ८:५१, काठमाडौँ

बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेलको निधनको विषयलाई लिएर नेकपा एमाले निकट प्रेस चौतारीका एकजना सदस्यले जितपुर सिमराका हालका मेयर राजन पौडेललाई गम्भीर आरोप लगाएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ।

प्रेस चौतारीका सदस्य तथा एभिन्युज टीभीका बारा सम्वाददाता निजगढ ८ निवासी इन्दिप कोइरालाले सामाजिक सञ्जालमार्फत् पूर्वमेयर पौडेलको निधन नभइ हत्या भएको र त्यसको योजनाकार माओवादीबाट निर्वाचित हालका मेयर राजन पौडेल भएको दाबीसहित फेसबुकमा स्टाटस लेखेका थिए। 

त्यसप्रति माओवादी केन्द्र बाराका जिल्ला अभियान संयोजक प्रल्हाद बुढाथोकीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। 

पूर्व मेयर पौडलेको निधनपछि पत्रकार कोइरालाले उनको निधन नभइ हत्या भएकाे र त्यसको योजनाकार हालका मेयर राजन पौडेल भएको दाबीसहित सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। 

पौडेल ०७४ सालको निर्वाचनमा एमालेबाट सिमरा उपमहानगपालिको मेयरमा विजयी भएका थिए। पौडेल यहि असोज २६ गते आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए।  

आफूलाई हत्याको ओजनाकार भनेर आरोप लगाउने पत्रकार कोइरालाई कारबाहीको माग गर्दै माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका मेयर पौडेले जिल्ला प्रहरी कार्यालय बारामा उजुरीसमेत दिएका छन्। 

माओवादी नेता बुढाथोकीले प्रेस चौतारीका सदस्य कोइरालाई तुरुन्तै पक्राउ गरी कारबाही गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्दै उनलाई राजनीतिक रुपमा पनि कारबाही गर्न एमालेसँग पनि माग गरेका छन्। 

हेर्नुस् माओवादी नेता बुढाथोकीले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .