केही दिनअघि मात्रै संसदको उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
नेकपा महासचिव विष्णु पौडेलले मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको पुष्टि गरेका हुन्।
नेकपा केन्द्रीय समितिको बैठक आजै सुरु हुँदैछ। त्यसैको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।
पार्टी एकताअघि तुम्बाहाङ्फे तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन्। तर उपसभामुख बनेपछि संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता परित्याग गरेकी थिइन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेपछि गत असोज १४ देखि प्रतिनिधिसभा सभामुखविहीन बनेकाे थियो।
त्यसमा पदपूर्ती गर्न नेकपाले नेता अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुपरेको थियो।
याे पनि : पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छुः डा तुम्बाहाङ्फे
अग्नि सापकोटा सभामुख निर्वाचित

प्रतिक्रिया